युवा अन्तक्रिया कार्यक्रम २०२० सम्पन्न


हरेकपल January 7, 2020

भक्तपुर । राष्ट्रिय युवा परिषदको आयोजना तथा कुशल नेपालको सहयोगमा युवा अन्तरक्रिया कार्यक्रम २०२० हिजो राष्ट्रिय युवा परिषद सानोठिमी भक्तपुरमा सम्पन्न भएको छ । २०२० का अवसरहरू र कार्यक्रम सम्बन्धी जान्न, अन्वेषण गर्न उत्सुक युवाहरूको लागि उक्त कार्यक्रम फलदाई रहेको आयोजकले बताएको छ ।


अन्तरक्रिया कार्यक्रममा बच्चाहरूको लागि युवा, युवाहरूको लागि युवा र महिलाहरूको लागि युवा विषयमा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानका कार्यक्रम निर्देशक मधु दवाडि, संयुक्त राष्ट्र विकास कार्यक्रम(युऐनडीपी) नेपालका युवा कार्यक्रम अधिकारी बिनिता कार्की र कुशल नेपालका अध्यक्ष कुसुम के।सी ले जानकारी दिएकी छन् ।

उक्त कार्यक्रममा सहभागि दिव्यभूमि मल्टिपल कलेजका सामाजिक कार्य तथा पत्रकारीता शङ्कायका विद्यार्थि मनोज मगर भन्छन , ‘सरकारले देश विकासको निम्ति जस्तोसुकै नीति ल्याएपनि, जबसम्म युवाहरूलाई स्वदेशमै रोजगारी र अवसरहरूको सृजना गरिदैन तबसम्म देश विकास असम्भव छ ।’ आफू यस अन्तरक्रिया कार्यक्रममा सहभागी भएर लाभान्वित भएको उनले बताए । कार्यक्रममा ८० जना युवाहरूको सहभागिता रहेको थियो ।