नयाँदिल्ली, २२ पुस । भारतमा आठ वर्ष पहिलेको सामूहिक बलात्कार घट्नाका दोषीलाई दुई हप्तापछि मृत्युदण्डको सजाय दिइने भएको छ ।
भारतकाे पटियाला हाउस अदालतले ८ माघका लागि मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता र अक्षय ठाकुरविरुद्ध ‘डेथ वारेन्ट’ जारी गरेको हो ।
उनीहरुलाई २०१३ मै अदालतले दोषी ठहर गरेको थियो । दिल्ली उच्च अदालत र सर्वोच्च अदालतले पनि मृत्युदण्डको सजायलाई निरन्तरता दिने फैसला गरेकाे थियाे ।
आरोपी मध्येका राम सिंहले २०१३ मै तिहाड जेलमा आत्महत्या गरेका थिए भने एक नाबालकलाई बालसुधार गृहमा पठाइएको छ ।
राम सिंहले चलाउने बसमा १६ डिसेम्भर २०१२ मा निर्भया नामकी युवतीमाथि बलात्कार भएको थियो ।