सुत्केरी उद्दारका नाममा राज्यकोषको दोहन


हरेकपल January 8, 2020

जुम्ला, २३ पुस । डोल्पा जगदुल्ला गाउँपालिका–१ हुराकोटकी २८ वर्षीया जमानदेवी रोकायालाई गएको कात्तिक ३० गते सुत्केरी बेथाले च्याप्यो । जगदुल्ला गाउँपालिकामा रहेको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी तथा उपकरणको अभावमा उनलाई सिधै सुर्खेत रेफर गरियो । जहाँ डोल्पाबाट सुर्खेत पुग्न ४० देखि ५० मिनेट लाग्छ ।प्रसूति ब्याथाले थलिएकी रोकायालाई करिब ५ लाख तिरेर नेपाली सेनाको हेलिकप्टर बोलाएर सुर्खेत लगियो । उदार गरी सुर्खेत क्षेत्रीय अस्पताल लगिए पनि ढिला भएका कारण कात्तिक ३० गते जमानदेवी रोकायाको मृत्यु भयो । क्षेत्रीय अस्पताल सुर्खेतका डाक्टरले पनि सुर्खेत ल्याउनुभन्दा पनि डोल्पाबाट सिधै जुम्ला प्रतिष्ठान लगेको भए बाँच्न सक्ने बताएका थिए । यता उनका श्रीमान् बुद्धि रोकायाका अनुसार सुर्खेतभन्दा जुम्ला लगेको भए श्रीमती बाच्थीहोला । तर नत राज्यको पैसा रह्यो नत ज्यान बच्यो । अब डोल्पाबाट जहिले जुम्लामै ल्याउन चेतना आएको उनले बताए ।

रोकाया मृत्युको मुख्य कारण भनेकै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रेफर नर्गनु हो । जब डोल्पाबाट १५ देखि २५ मिनेटमा जुम्ला पुगिन्छ भने खर्च पनि कम लाग्छ । बिरामीको ज्यान बच्ने सम्भावना पनि बढी हुन्छ । तर पनि जुम्लामा बिरामी नलिएर महंगो खर्च गर्छन् ।

साथै शे९फोक्सन्डो गाउँपालिका–८ रिग्मो गाउँकी २१ वर्षीया छिरिङपुटी लामालाई गत कात्तिकमा जुम्ला लग्नुको सट्टा नेपाली सेनाको हेलिकप्टेरमार्फत सिधै काठमाडौं लगियो । धौधौ गरी उनको ज्यान बचाउन त बचाइयो । तर पनि राज्यकोषको लाखौं रकम फजुल खर्च भएको कर्णालीबासीको गुनासो छ । साथै खत्याड गाउँपालिका–६ का २२ वर्षीया प्रिन्सा मल्ललाई पुस १० गते एक्कासि सुत्केरी ब्यथा लाग्यो ।

लामो समयसम्म प्रसूति व्यथाले च्यापेपछि जिल्लामा सुत्केरी हुन सकिनन् ।

उनको पेटमा दुई बच्चा भएका कारण अप्रेसन गर्नुपर्ने भयो, तर मुगुमा शल्यक्रिया हुन नसक्दा उनलाई पनि राज्यकै महंगो खर्चमा जुम्ला लग्नुको सट्टा सुर्खेत पु(याइयो । त्यतिबेला पनि सुत्केरीको ज्यानको सुरक्षाका लागि सुर्खेत ल्याउनुभन्दा जुम्लामै लिनु राम्रो हुन्छ नभनेका पनि हैनन् । तर पनि राज्यकोषको दोहन गर्न सरकारी पक्षबाटै कम भएन । त्यस्तै शे९फोक्सण्डो गाउँपालिका–८ कि टसिमिन्डित रोकायालाई मंसिर ५ गते सुत्केरी हुन नसक्दा सुर्खेतमै पठाइयो ।

यी त प्रतिनिधि घटनामात्रै हुन्, साविक कर्णाली तथा जुम्लाको पहुँचमा रहेका छोटो समयमा जुम्ला पुग्न सक्ने अछाम, सल्यान र जाजरकोटबाट पनि काठमाडौँ तथा सुर्खेत पु(याउँछन् जसका कारण हालसम्म राज्यकोषको करोडौं बजेट स्वाहा भइसकेको छ भने कतिले व्यक्तिगत जहाज चार्टर गरी महंगो खर्च गरेर जुम्ला अस्पताल नलगी बाहिर लगेका घटना छन् । कर्णालीकै मेडिकल हब मानिने कर्णाली प्रतिष्ठान राज्यकै नजरमा छैन ।

कर्णाली अस्तपालमै उपचार गरौँ

दूरी टाढा भएकाले कतिको ज्यानसमेत गइसकेको छ । कम खर्चमा उपचार पनि हुने, ज्यान पनि बच्ने छिटो पनि पुगिने कर्णाली अस्पताल छोडेर सरकारको महँगो खर्च गरी सुर्खेत, नेपालगन्ज र काठमाडौं पु(याई सुत्केरी उद्दारका नाममा राज्यको लाखौं बजेट दोहन भइरहेको जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले बताए । उनले भने ३ सय शैयाको अस्पताल कर्णालीमा हुँदा हुँदै, सबै खाले जटिल प्रकारका शल्यक्रियादेखि उपचार हुँदासमेत सरकारको नजर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नपर्नु दुःखद पक्ष भएको उनको भनाइ छ । अब कर्णालीका सबै जिल्लाले कर्णाली अस्तालमै रेफर गरी सरकार तथा व्यक्तिको खर्च कम र ज्यान जोगाउनतर्फ ध्यान दिन उनको सुझाव छ । यता प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार हाल जुम्लामा करिब ४० भन्दा बढी विशेषज्ञ डाक्टर छन् ।

कर्णालीका १० जिल्लामा प्रतिष्ठानका विशेषज्ञ डाक्टर पुगेर सेवासमेत दिइरहेका छन् । सबैखाले उपचार भइरहेको छ । विपन्न परिवारलाई निःशुल्क उपचारसमेत गरेका छौं । तर नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत, नेपालगन्ज र काठमाडौँ पु(याएर राज्यको अनावश्यक खर्चसँगै सामान्य परिवारले खेप्ने महँगीले अकालमै ज्यान गुमाउनु पर्छ । कारोबार दैनिकमा खबर छ ।