बिग बाश लिगमा मेलर्बन सिड्नीविरुद्ध खेल्दै


हरेकपल January 8, 2020

काठमाडौं, २३ पुस । अस्ट्रेलियामा जारी बिग बास लिगमा आज नेपाली खेलाडी सन्दिप लामिछाने खेलेको टिम मेलबर्न स्टार्स सिड्नी थन्डर्ससँग प्रतिष्पर्धा गर्दैछ ।

खेल दिउँसो दुई बजे सुरु हुनेछ । यो सिजन मेलबर्न स्टार्सले प्रभावशाली प्रदर्शन गरेको छ । ६ खेलमा पाँच जित हात पार्दै बिग बास लिग तालिकाको शीर्ष स्थानमा छ ।

सन्दिप लामिछाने, एडम जाम्पा र डेल स्टेनको उत्कृष्ट बलिङको सहयोगमा मेलबर्न पछिल्लो तीन खेलमा अपराजित छ । त्यही फर्मलाई सिड्नी थन्डर्सविरुद्ध पनि कायम गर्न चाहन्छ ।

पाँच खेलमा ६ विकेट लिइसकेका सन्दिप लामिछानेको टिममा पर्ने सम्भावना धेरै छ ।