श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल पौष महिनाको २४ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत जनवरी महिनाको ९ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठानब्बे लाख पचासीहजार १२०) वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत पौषशुक्लपक्षको चतुर्दशी तिथि राति २।३४ बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य र बृहस्पति धनु राशिमा रहेका छन् । मृगशिरा नक्षत्र दिवा ३।२३ बजेसम्म रहनेछन् । यसैगरी आज विष्कुम्भादिमा ब्रह्म योग, आन्दादिमा मृत्यु योग र गर करण रहेका छन् । आज काठमाडौँमा सूर्योदय ६।५८ मा छ भने सूर्यास्त बेलुका ५।२३ बजे हुनेछ ।
चन्द्रमा आज मिथुन राशिमा छन् । आज बिहीवार दुर्गा भगवतीको उपासना शुभ रहनेछ ।