ए डिभिजन लिग : पाँचौं चरण सकिँदै, आर्मीको नजर शीर्ष स्थानमा


हरेकपल January 9, 2020

काठमाडौं, २४ पुस । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज पनि २ वटा खेल हुने भएका छन् । यी २ खेलसँगै ए डिभिजन लिगको पाँचौं चरणको खेल पनि सकिने छ ।

दशरथ रंगशालामा मध्यान्ह १२ बजे हुने खेलमा संकटा र विभागीय क्लब एपीएफ भिड्ने छन् । गत संस्करणको उप विजेता भएको संकटा जारी लिगमा ११ औं स्थानमा छ भने एपीएफ १० औं स्थानमा छ ।

दुवै टिमले समान ४–४ अंक रहेको छ । आजको विजेता टिम सातौं स्थानमा उक्लने छन् । बराबरीले भने तालिकामा खासै सुधार हुने छैन । यस्तै दिउँसो ३ बजे त्रिभुवन आर्मी र सरस्वती युवा क्लब आमने सामने हुने छन् ।
आर्मी जारी लिगमा तीन खेलमा जित हात पार्दै ९ अंकका साथ तालिकाको चौथो स्थानमा छ ।सरस्वती भने चार खेलमै पराजित हुँदै अंक नै जोड्न सकेको छैन् ।

सरस्वती पहिलो अंकको खोजिमा हुँदा आर्मी भने जित हात पार्दै पाँचौं चरणको समाप्तिमा शीर्ष स्थानमा रहेर छैटौं चरणको प्रतिस्पर्धा गर्ने लक्ष्यमा रहने छ ।