आजबाट श्रीस्वस्थानीव्रतारम्भ, पूर्णिमाव्रत पनि हेर्नुहोस् आजको दिन २०७६ पौष २५ गते


हरेकपल January 10, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल पौष महिनाको २५ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत जनवरी महिनाको १० तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठानब्बे लाख पचासीहजार १२०) वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।


सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत पौषशुक्लपक्षको पूर्णिमा तिथि राति १।१५ बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य र बृहस्पति धनु राशिमा रहेका छन् । आद्र्रा नक्षत्र दिवा ३।१८ बजेसम्म रहनेछन् । यसैगरी आज विष्कुम्भादिमा ऐन्द्र योग, आन्दादिमा पद्म योग र भद्रा करण रहेका छन् । आज काठमाडौँमा सूर्योदय ६।५८ मा छ भने सूर्यास्त बेलुका ५।२५ बजे हुनेछ ।


चन्द्रमा आज मिथुन राशिमा छन् । आज पूर्णिमा व्रतका साथै श्रीस्वस्थानीव्रतकथा आरम्भ गर्ने दिन पनि हो । आज बाट एकमहिना सम्म नित्य श्रीस्वस्थानी भगवतीको उपासनाका साथै कथा श्रवण गर्ने विधि विधान रहेको छ । समस्त मनोकामना पूर्ण गर्ने श्रीस्वस्थानी माताको महिमा अपरम्पार रहेको छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्