राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा मिनराज कँडेल र बरिष्ठ उपाध्यक्षमा ओमदेवी मल्ल निर्विरोध चयन


हरेकपल January 10, 2020

काठमाडौं, २५ पुस । राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभा बाट अध्यक्षमा मीनराज कंडेल र बरिष्ठ उपाध्यक्षमा ओमदेवी मल्ल सर्वसम्मत निर्बिरोध चयन हुनुभएको छ ।

त्यसैगरी कर्णाली प्रदेशको सञ्चालकमा टिका बुढाथोकी पनि नर्विरोध निर्वाचित हुनुभएको छ ।
उपाध्यक्ष पदमा डिल्ली तिवारी, दक्ष पौडेल र रमेश पोख्रेलको उम्मेदवारी परेको छ भने लेखा समिति संयोजक पदमा धर्मदत्त देवकोटा र रविन्द्र के.सी.को उम्मेदवारी परेको छ । महासंघको कुल २५ पदका लागि ८० वटा मनोनयन पत्र दर्ता भएको छ ।

६ सीटमा काँग्रेस, गर्यो आधिकारी निर्णय

नेपाली काँग्रेस र नेकपा बीचको भागबन्डामा उपाध्यक्ष, ४ संचालक र १ लेखा समिति सदस्य लिएर काँग्रेसले सहमति गरेको जानकारी प्राप्त भएको छ । उपाध्यक्ष पदका उम्मेदवार डिल्ली तिवारीको नेतृत्वमा संचालकहरू राजेन्द्र पौड्याल, रामकृष्ण खाँड, रामबाबु यादव, पद्मा गुरूङ र लेखा सुपरीवेक्षण समितिमा बालकुमारी (विमला) श्रेष्ठलाई काँग्रेसले आधिकारिक उम्मेदवार चयन गरेको स्रोतले जनाएको छ । तथापी हालसम्म निर्णयलाई गोप्य नै राखिएको छ ।

निर्वाचन समितिले प्रकाशित गरेको संशोधित निर्वाचन कार्यक्रम अनुसार भोलि बिहान ९ बजे भित्र उम्मेद्वारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । त्यसैगरी कागजात नपुगेका उम्मेद्वारले समेत उक्त समयावधि भित्र कागजात योग्यताको कागजात पूरा नगरेमा अन्तिम नामावलीमा नाम समावेश नहुने निर्वाचन समितिले जनाएको छ ।

सहमतिका उम्मेदवारहरु

सञ्चालक समिति
१ अध्यक्ष, मिनराज कँडेल
२ वरिष्ठ उपाध्यक्ष, ओमदेवी मल्ल
३ उपाध्यक्ष, डिल्लीराम तिवारी
४ सञ्चालक प्रदेश नं. १,गणेश ढकाल
५ सञ्चालक प्रदेश नं. २, रामबाबु यादव
६ सञ्चालक प्रदेश नं. ३, डी.बी. बस्नेत
७ सञ्चालक गण्डकी प्रदेश, हुमाकुमारी जी.सी (अन्जु)
८ सञ्चालक प्रदेश नं. ५, रामकृष्ण खाँड
९ सञ्चालक सुदुरपश्चिम प्रदेश, तारा लामा तामाङ
१० सञ्चालक केन्द्रीय संघ र बैंकको तर्फबाट, के.बी. उप्रेती
११ सञ्चालक केन्द्रीय संघ र बैंकको तर्फबाट, नारायण देवकोटा
१२ सञ्चालक केन्द्रीय संघ र बैंकको तर्फबाट, सागर ढकाल
१३ सञ्चालक महिला, अमृता सुब्बा
१४ सञ्चालक महिला,पद्मा गुरुङ
१५ सञ्चालक खुला, खेमबहादुर पाठक
१६ सञ्चालक खुला, भिम तुलाचन
१७ सञ्चालक खुला, टेक प्रसाद चौलागाई
१८ सञ्चालक खुला, राजेन्द्र पौडेल
१९ सञ्चालक खुला, लक्ष्मण यादव
२० सञ्चालक खुला, शिव डाँगी
२१ सञ्चालक खुला, लक्ष्मी प्रसाद शर्मा
क्र.सं. लेखा सुपरीवेक्षण समिति
१ संयोजक, धर्मदत्त देवकोटा
२ सदस्य, सोमबहादुर श्रेष्ठ
३ सदस्य, बालकुमारी विमला श्रेष्ठ