बिग ब्यासमा सन्दीपकाे टिम मेलवर्नकाे खेल आज


हरेकपल January 10, 2020

काठमाडौं, २५ पुस । अस्ट्रेलियामा जारी बिग बास लिगमा आज नेपाली खेलाडी सन्दिप लामिछाने खेलेको टिम मेलबर्न स्टारले रेनेगड्गससँग प्रतिष्पर्धा गर्दैछ ।

खेल दिउँसो दुई बजे सुरु हुनेछ । यो सिजन मेलबर्न स्टार्सले प्रभावशाली प्रदर्शन गरेको छ । ७ खेलमा ६ जित हात पार्दै बिग बास लिग तालिकाको शीर्ष स्थानमा छ ।

सन्दिप लामिछाने, एडम जाम्पा र डेल स्टेनको उत्कृष्ट बलिङको सहयोगमा मेलबर्न पछिल्लो ४ खेलमा अपराजित छ । त्यही फर्मलाई रेनेगड्सविरुद्ध पनि कायम गर्न चाहन्छ ।

६ खेलमा ६ विकेट लिइसकेका सन्दिप लामिछानेको टिममा पर्ने सम्भावना धेरै छ । उनी पछिल्लो खेलमा यो सिजनकै सर्वाधिक महङ्गो बलिङ गरेका थिए । जसमा उनले ४ ओभरमा ३९ रन दिएका थिए । सो खेलमा सन्दिपले विकेट लिन सकेनन् ।