धुलोबाट पिचमा पुग्छ पुग्छ एक दिन
छेउको मान्छे बीचमा पुग्छ पुग्छ एक दिन ।
कतिन्जेल रमाउला र पराजय पनि
हारबाट जीतमा पुग्छ पुग्छ एक दिन ।
सङ्घर्षको बाटोलाई छिचोलिसकेपछि
हेय पनि मितमा पुग्छ पुग्छ एक दिन !
आफैँ कस्छ लगाम यो नयाँ बिहानीले
छाडाबाट रीतमा पुग्छ पुग्छ एक दिन !