पासफेल, जहाज–रेल


हरेकपल January 10, 2020

वायुसेवा निगमको त्यो लगानी उड्यो, सिद्धियो
अब जलसेवा निगम आयो, नउड्ने डुब्ने भित्रियो

जता फक्र्यो झिलिमिली बिजु्ली, खानी नै खानी, तेलैतेल
यतै एयरपोर्ट, उतै हेलिप्याड देशैभरि रेलैरेल
सहर, गाउँ, जता जाऊँ, मेट्रैमेट्रो, ठेलमठेल
घरघर ग्याँस, टोलटोल उद्योग, सर्प–बिच्छी–भ्यागुतो मेल
तलब–भत्ता बढी–बढाउ छ, तक्मा–सम्मान बाढी भेल
आयो मदारी मसान जगाई, काला जादु हेरौँ खेल !
पासफेल, जहाज–रेल ।

बजेट पास, विधेयक पास, नीति कार्यव्रmम पास
प्रस्ताव पास, सरकार पास, आसेपासे सप्पै पास
डिस्टिङ्सन र फस्ट डिभिजनभन्दा कम केही पनि छैन
देश र जनता – यी दुईबाहेक फेल हुने कोही होइन ।
पास फेल–जहाज रेल ।