श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल पौष महिनाको २६ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत जनवरी महिनाको ११ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठानब्बे लाख पचासीहजार १२०) वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत माघकृष्णपक्षको प्रतिपदा तिथि राति ११।५७ बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य र बृहस्पति धनु राशिमा रहेका छन् । पुनर्वसु नक्षत्र दिवा २।४७ बजेसम्म रहनेछन् । यसैगरी आज विष्कुम्भादिमा वैधृति योग, आन्दादिमा छत्र योग र बालव करण रहेका छन् । आज काठमाडौँमा सूर्योदय ६।५८ मा छ भने सूर्यास्त बेलुका ५।२५ बजे हुनेछ ।
चन्द्रमा आज बिहान ८।५७ बजेसम्म मिथुन र सो पश्चात् कर्कट राशिमा रहनेछन् । आज शनिवार शिवजीको उपासनाका साथै पिपलमा जल अर्पण शुभ फलदायी रहनेछ । यसैगरी शनिजन्य दोष निवारणका निम्ति ॐ शं शनिश्चराय नमः भन्ने मन्त्रको जप पनि आज लाभदायी रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्