पुसभित्र राप्रपा संयुक्तसँग एकीकरण नभए महाधिवेशनको तयारी : कमल थापा


हरेकपल January 11, 2020

काठमाडाैं, २६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही पुस महिनाभित्र दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने बताएका छन् ।

राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले पुसभित्र राप्रपा संयुक्तसँग एकीकरण नभए महाधिवेशनको तयारीमा जाने बताएका हुन् । 

अध्यक्ष कमल थापाले भने, ‘पुसभित्र दुई पार्टीबीच एकता भयो भने भयो, नत्र हामी कुरेर बस्दैनौँ, जेठमा महाधिवेशन तोकिसकेकाले माघदेखि महाधिवेशनको तयारीमा जुट्छौँ ।’

अध्यक्ष थापाले पार्टीले लिएको सिद्धान्त र विचारले पार्टी कांग्रेस कम्युनिष्टको विकल्पको रूपमा रहेको दाबी गरे ।