काठमाडौं, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्र विक्रम चन्द विप्लव एक दिन नेकपामा आउने विश्वास व्यक्त गरेका छन् ।
प्रचण्डले विप्लव समूहका पोलिटब्युरो सदस्य मोहन कार्कीलगायतलाई नेकपा प्रवेश गराउँदै भने, ‘भोलि विप्लव पनि आउनुपर्छ, आउन ढिला गर्नुभयो भने त्यसले उहाँलाई पनि फाइदा गर्दैन ।’
पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले एक दिन विप्लव पनि यसैगरी नेकपामा आउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विप्लव समूहका पोलिटब्युरो सदस्य मोहन कार्कीलगायत केही नेतालाई प्रचण्डले अबिर–माला लगाएर नेकपा प्रवेश गराएका थिए ।