श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल पौष महिनाको २७ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत जनवरी महिनाको १२ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठानब्बे लाख पचासीहजार १२०) वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत माघकृष्णपक्षको द्वितीया तिथि राति १०।१७ बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य र बृहस्पति धनु राशिमा रहेका छन् । तिष्य नक्षत्र दिवा १।५४ बजेसम्म रहनेछन् । यसैगरी आज विष्कुम्भादिमा विष्कुम्भ योग, आन्दादिमा श्रीवत्स योग र तैतिल करण रहेका छन् । आज काठमाडौँमा सूर्योदय ६।५८ मा छ भने सूर्यास्त बेलुका ५।२६ बजे हुनेछ ।
चन्द्रमा आज कर्कट राशिमा रहनेछन् । आज आइतवार सूर्य भगवान्को उपासनाका साथै आदित्यहृदयस्तोत्र पाठ शुभ रहनेछ । यसैगरी प्रातः कालमा सूर्यलाई अर्घदान गर्नाले पनि सूर्यजन्य दोष निवारण हुनेछन् ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्