बौद्धमा गोली चल्यो, गुण्डानाइके विष्णु लामा घाइते


हरेकपल January 12, 2020

काठमाडौं, २७ पुस । काठमाडौंको बौद्धमा गुण्डा विष्णु लामा तामाङलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ ।

महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीसँग जम्काभेट भएपछि भाग्न खोज्दा गोली चलाइएको प्रहरीको भनाइ छ ।

‘विशेष सूचनाको आधारमा गएको प्रहरी टोलीले भाग्न लागेका तामाङलाई घुँडामुनि गोली हानेको छ । हाल उनलाई वीर हस्पिटल पठाइएको छ ।

२०७५ साल भदौमा मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको अभियोग तामाङमाथि छ ।

उनीमाथि ०७३ सालमा सिन्धुपाल्चोकमा एक महिलाले पिठ्यूँमा बोकेको १७ महिने बालिकाको हत्या गरेको अभियोग पनि छ ।