दाङ, २७ पुस । विप्लव समूहका कार्यकर्ताले सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई कालोमोसो दलेका छन् । विप्लवका कार्यकर्ताले आइबार दिउँसो ४ बजे कार्यकक्षमै गएर चौधरीलाई कालोमोसो दलेका हुन् ।
उक्त समूहले सडक तथा पुल निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै कालोमोसो दलेको प्रत्यक्षदर्शीले बताएका छन्। उनीहरु सेवाग्राहीका रुपमा चौधरीकाे कार्यकक्षमा पुगेका थिए ।
डिभिजन कार्यालय दाङका प्रमुख चौधरी केही दिनअघि मात्रै गाईघाट–दिक्तेल सडक आयोजना उदयपुरमा सरुवा भएका थिए ।
उनकाे ठाउँमा सडक डिभिजन कार्यालय दाङको नयाँ प्रमुखको रुपमा निरज शाक्य आएका छन् । चौधरीलाई कालोमोसो दल्ने समूहलाई प्रहरीले खाेजी गिररहेकाे छ ।