तीन जिल्लाका सिडिओको सरुवा


हरेकपल January 12, 2020

काठमाडौं, २७ पुस । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा भएको छ । गृह मन्त्रालयले आइतबार कपिलवस्तु, रौतहट र सोलुखुम्बुका सिडिओको सरुवा गरेको हो ।

गृहले कपिलवस्तुमा दीर्घनारायण पौडेल, रौतहटमा वासुदेव घिमिरे र सोलुखुम्बुमा रमा आचार्यलाई पठाइएको छ । यसअघि पौडेल अध्यागमन कार्यालय, घिमिरे, कारागार व्यवस्थापन विभाग र आचार्य गृह मन्त्रालयमा थिए ।

कपिलवस्तुका सिडिओ गजेन्द्रबहादुर श्रेष्ठ कारागार व्यवस्थापन विभागको महानिर्देशकमा, रौतहटका कामु सिडिओ किरण थापा अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा र सोलुखुम्बुका वेदनिधि खनाल सहायक सिडिओका रुपमा रुपन्देही पुगेका छन् ।