नेपाल र लोकतन्त्र एक अर्कामा अभिन्नः डा. प्रकाशशरण महत


हरेकपल January 13, 2020

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले प्रशासनिक रुपमा एकीकृत गर्ने काम पृथ्वीनारायण शाहले गरेको बताएका छन्। आइतबार पृथ्वीनारायण शाहको जन्मजयन्तिको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर महतले यस्तो बताएका हुन ।

उनले नेपाल र लोकतन्त्र एक अर्काको अभिन्न कुरा भएको भन्दै नेपाललाई विकशित बनाउन लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउनु पर्ने तर्क गरे।सहमहामन्त्री महतले सरकार कुटनैतिक हिसाब असफल साबित भैसकेको पनि बताए। उनले सीमा अतिक्रमणतिर संकेत गर्दै भने ‘यो सरकार जहाँ संवाद गर्नुपर्ने हो त्यहा मौन बस्ने गरेको छ र जहाँ मौन बस्दा पनि हुन्छ त्यहा बोल्ने गरेको छ।’ कांग्रेस लोकतन्त्र, विधिको शासन र स्वतन्त्रताको लागि लडेको भन्दै अझैपनी यी कुराका लागि लडिरहने प्रतिबद्धता समेत व्यक्त गरे।

नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारलाई मनलाग्दी गर्न र संविधानको उलंघन गर्न जनताले मतदान नगरेको भन्दै अहिलेको सरकार त्यतातिर अग्रसर भएको आरोप लगाए। उनले सरकारले संविधान मिच्ने स्वतन्त्रता खोस्ने काम गरिरहे नेपाली कांग्रेस र नेपाली जनताले त्यसको प्रतिकार गर्ने सरकारलाई चेतावनी दिए।

यसै गरि सुचना चोैतारी सँचार सहकारीका सँचालक तथा नेपाली काँग्रेस टोखा ४ का वडा सभापति रबिन्द्र श्रेष्ठज्युले कुनै पनि सरकारले आफ्नो राष्ट्रको ईतिहास र सँस्कृतिको जगेर्ना गर्न कन्जुस्याइँ गर्न नहुने, अझ नेपालमा सँघियताकेै परिप्रेक्ष्यमा पनि पृथ्वीनारायण शाहको महत्त्व झनै वृद्धि भएको उल्लेख गर्नु भयो। पृथ्वीनारायण शाह महत्वाकांक्षी सम्राट मात्रै नभै नेपाल एकिकरणकर्ता राष्ट्र निर्माता भएकोले यसै अनुरुप सम्मान गर्नुपर्नेमा वर्तमान दुईतिहाई सरकार धेरै कुराहरुमा चुक्दै गए जस्तो यस मामिलामा पनि नराम्ररी चुकेको छ।

कुनै विकास निर्माण ठीक ढँगले हुन सकेको छैन, गरिब किसानले आफ्नोे उखुको पैसा नपाएर आँसु बगाईरहेको छ तर सरकार उसको आँसुको भाषा बुझ्दैन, चेलिबेटीको सुरक्षा छैन, भ्रष्टाचारप्रतिको शुन्य सहनशीलता भनेको प्र.म जीको थेगो मात्रै भएको छ, पृथ्वीनारायण शाहले भने जस्तो प्रजा मोटा भया दरबार बलियो हुन्छ भन्ने मान्यता खिलाफ पूर्वाग्रही मानसिकताले अनुशासन कायम गर्ने नाउँमा जनताको स्वतन्त्रता र अधिकार कटोैती भैरहेको सन्दर्भमा बहुसंख्यक जनताको सहजतालाई ख्याल गरि राजधानी स्थापना गर्ने जस्ता कार्यहरु गरि राष्ट्रियता सबल पार्ने थुप्रै रणनीतिक सोच विचार अनुसार अघि बढेका पृथ्वीनारायण शाहको सान्दर्भिकता कुशल शासकको रुपमा अमिट रहने भन्दै वर्तमान शासकले पनि राष्ट्रको गोैरव बढाउने नाउमा प्रतिष्ठा गिराउने र गफ मात्रै दिनु भन्दा दुई तिहाइ बहुमतको सहि सदुपयोग गर्नुपर्ने बताउनुभयो।

स्थानीय स्तरका सरकारले पनि अन्धाधुन्ध काम गरिरहेको छ,योजना र बजेटबारे प्रष्ट सुचना र छलफल नगरी पहिले सँरचनाहरु भत्काईहाल्ने र बजेट सकियो भन्दै बिचैमा ठेकेदारले काम स्थगित गर्यो भनेर नाजवाफ बस्ने काम भएको छ।हावादारी गफ र फुर्तिले आकाश छुन आँट्दा पनि राष्ट्रियता बलियो हुने गरि क्यै सिन्को भाँच्न नसकिरहेको र स्थानीय सरकारले पनि दलीय र सामाजिक छलफल परामर्शलाई अत्यन्त साँघुरो बनाउँदै लगिरहेकोले हामीलाई चिन्ता लागिरहेको छ।
सुनुवाइ नभएता पनि लोकतान्त्रिक बिधिसम्मत सम्झाउने र ध्यानाकर्षण गरिरहेका छोैँ भन्दै २९८ औँ पृथ्वी जयन्ती र यसको अवसरमा काठमाडौं नर्सिङ कलेज र नेप्सेम्याकको सहयोगमा धापासी फ्रेण्डसीप क्लबले गर्न लागेको सरसफाइ सम्बन्धि जनचेतना कार्यक्रमको सफलता र क्लबको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा स्थानिय नेताहरु रामचन्द्र घिमिरे, टोखा नगरसभापति वसन्त श्रेष्ठ, रजनी थापा र क्लबका अनिष श्रेष्ठ लगायत कलेज र नेफ्सेम्याक प्रतिनिधहरुले पनि आ-आफ्नो धारणा राखेका थिए ।