पृथ्वीनारायण शाहलाई राप्रपाले सम्झियो


हरेकपल January 13, 2020

रामेछाप । २ सय ९८ औं पृथ्वीजयन्ती तथा राष्ट्यि एकता दिवसका अवसरमा राष्ट्यि प्रजातन्त्र पार्टीले आइतवार सदरमुकाम मन्थलीमा प्रवचन कार्यक्रममार्फत पृथ्वीनारायण शाहलाई स्मरण गरेको छ ।


कुनै पनि तहका सरकारहरुले पृथ्वीजयन्तीका अवसरमा पृथ्वीनारायण शाहलाई कुनै पनि वास्ता नगरेपछि राप्रपाले उनको योगदानको उच्च मुल्याकंन गर्दै प्रवचन कार्यक्रमको आयोजना गरेको हो । मन्थलीमा भएको प्रवचन कार्यक्रममा वोल्ने सवैजसो वक्ताहरुले पृथ्वीनारायण शाह राजामात्र नभएर नेपाल एकताको प्रतिक भएकाले उनलाई भुल्नु भनेको आफ्नी आमालाई भुल्नु जत्तिकै भएको वताएका थिए । छरपस्ट रुपमा रहेका वाइसे चौविसे राज्यहरुलाई एउटै राज्यमा जोडेर नेपाल चार जात छत्तिस जातको फुलवारी हो भन्ने सन्देश प्रवाह गरेका पृथ्वीनारायण शाहकै कारण नेपालको एकिकरण प्रक्रिया सफल भएको इतिहास हुँदाहुँदै पनि राज्यपक्षले उनलाई वेवास्ता गर्नु दुःखद कुरा भएको उनीहरुको भनाई थियो ।


पृथ्वीनारायण शाहको दाया वाया राखेर माल्यपर्ण सहित भएको उक्तकार्यक्रममा सर्वसाधारणको समेत उल्लेखिय रुपमा उपस्थिती रहेको थियो । राजा पृथ्वीनारायण शाहलाई शाहं वशिय राजाको रुपमामा त्रन हेरे र नेपाल एकिकरणका योद्धा एवं राष्ट्पिताका रुपमा पृथ्वीनारायण शाहलाई सवै खालका सरकारहरुले सम्वोधन गर्न पनि वक्ताहरुले आग्रह गरेकाथिए ।


दुईवटा नगरपालिका र ६ वटा गाउँपालिका रहेका रामेछापका कुनै पनि स्थानिय सरकार तथा सरकारी कार्यालयहरुले पृथ्वीनारायण शाहलाई सम्झन कन्जुस्याई भएपनि आफ्ना पार्टीले गर्वका साथ पृथ्वीनारायणलाई सम्झेको र समय सन्र्दभले राज्यले समेत पृथ्वीनारायण शाहको योगदानको स्मरण गराउन आफ्नो पाटीले वाध्य वनाउने राप्रपाका जिल्ला अध्यक्ष रामचन्द्र कडेल (शर्मा) ले वताएका थिए ।कार्यक्रममा विभिन्न नेताकाअलावा संचारकर्मी र नागरिक समाजका अगुवाहरुको समेत उल्लेखिय उपस्थिती रहेको थियो ।