सुध्रिदै मन्थलीको ट्राफिक व्यवस्था


हरेकपल January 13, 2020

रामेछाप २८ पुस । पछिल्लो समयमा मन्थलीको ट्राफिक व्यवस्थापनमा थप सुधार आएको छ । साँघुरो र भत्किएको सडकका कारण यातायातका साधन संचालनमा देखिदै आएको कठिनाई,सरकारी गाडिको दुरुपयोग र चालकहरुको मनपरितन्त्रलाई निरुत्साहित गर्नै अभियानलाई ट्राफिक व्यवस्थापन मार्फत सुधार गर्ने प्रयास गरेपछि सो को ब्यवस्थापनमा सुधार आएको हो ।

यस अघिनै जिल्ला ट्राफिक प्रमुखको जिम्मेवारी सम्मालि सकेका प्रहरी सहायक निरिक्षक रामेश्वर पाण्डेको पुनारागमनको छोटो समयमा सार्वजनिक विदाका दिन गाडि चलाउने दर्जन भन्दा बढि सरकारी गाढि चालक र तिनका चालकहरुलाई नियन्त्रणमा लिएर बिदाको दिन गाडि दोहोरियार नचलाउने सर्तमा छाडिएको थियो । पछिल्लो समयमा विदाको दिनमा पनि विना पास सरकारी गाडि ब्यापक रुपमा चलाईएको गुनासो बढेपछि ट्राफिकले आफनो सक्रियता निकै बढाएको छ । यस अघि पनि जिल्लामा छोटो समय रहेका पाण्डेले ट्राफिक ब्यवस्थापनको क्षेत्रमा निकै ठुलो परिबर्तनको अनुभुति दिलाएका थिए ।

त्यस पछिका दिनमा बिदाको समयमा सरकारी गाडि मनपरि ढंगले चलाउने क्रममा पनि गिरावट आएको छ । त्योसंगै मनपरि ढंगले गाडि चलाउने ट्रयाक्टर,अटो र अन्य गाडिका चालक हरुको ब्यवहारमा पनि परिवर्तन आउन थालेको छ । जसका कारण सडक दुर्घटनामा समेत न्युनिकरण हुने अपेक्षा सर्बसाधारणले गरेका छन् ।


ट्राफिक ब्यवस्थापनका कारण क्षमता भन्दा बढि यात्री लिएर हिड्ने गाडिहरुले पनि आफनो साईज ब्यबस्थापन गर्न थालेको स्थानिय बासिन्दाहरुले बताएका छन् । यो संगै ट्राफिक व्यवस्थापनका बाँकि कामहरुलाई थप प्रभाबकारी बनाउने योजना कार्यालय संग रहेको र त्ययसलार्ई पनि चाँडैनै कार्यान्वयनमा ल्याईने पनि पाँण्डेले जानकारी दिए ।

जिल्लामा हाजिर हुनासाथ आफनो सक्रियता बढाएका ट्राफिक प्रमुखक रामेश्वर पाण्डले मन्थली नगरपालीकाको आर्थिक सहयोगमा तयार पारिएका सडक बोडहरु राख्ने ब्यवस्था मिलाईएको बताए । सो कार्यको आरम्भ रामेछापका बसन्त पाठकले गरेका छन् । एक हप्ता अघि मात्र रामेछाप प्रहरी प्रमुखको जिम्मेवारी सम्मालेका पाठकले सो कार्यको आरम्भ गर्दे जिल्लाको ट्राफिक ब्यवस्थापन र शान्ति सुरक्षा अमन चयनका क्षेत्रमा आफनो कार्यकालमा कुनै पनि कमि हुन नदिने वताए । उनले यसका लागि संचार माध्यम,स्थानिय सरकार,नागरिक समाज र जिल्लाका सवै क्षेत्रका नागरिकहरुको उत्तिकै सहयोग आबश्यक पर्ने समेत उनले धारणा राखे ।