डाक्टर सन्दुक रुइत जगदीश घिमिरे स्मृति पुरस्कारबाट सम्मानित


हरेकपल January 13, 2020


रामेछाप २८ पुस । आँखाको क्षेत्रमा छुट्टै पहिचान बनाएका वरिष्ठ नेत्ररोग विषेशज्ञ डा. सन्दुक रुइत जगदीश घिमिरे स्मृति पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । स्वर्गीय घिमिरेको गुहनगर रामेछापको सदरमुकाम मन्थलीमा सोमबार आयोजित कार्यक्रममा डा. रुइतलाई मन्थली नगरपालिकाका नगर प्रमुख रमेशकुमार बस्नेतले ५१ हजार नगद र सम्मानपत्र सहित सम्मान गनूृ भएको हो ।


जगदीश घिमिरे प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा डा. रुइतले स्वर्गीय घिमिरेको अगुवाईमा स्थापना भएको तिलगंगा आंँखा केन्द्रले नेपालको सन्र्दर्भमा छुट्टे पहिचान बनाउन सफल भएको भन्दै केन्द्रका कामका कारण आम नागरिक लाभान्वीत हुनुका साथै केन्द्रले सर्व साधारण नागरिकको मन जित्न सफल भएको बताउनु भयो । सो अवसरमा रुहितले स्वर्गिय घिमिरेले समाज सेवामा देखाएको बाटो आफुहरुका लागि पनि पे्ररणाको पथ भएको भन्दै घिमिरेको योगदानको राज्यले कदर गर्न सक्नु पर्ने कताउनु भयो ।


जगदीश घिमिरे प्रतिष्ठानका अध्यक्ष तथा स्वर्गीय जगदीश घिमिरेको श्रीमती दुर्गा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथी मन्थली नगरपालीकाका मेयर रमेश वस्नेतले जगदिस घिमिरेले जिल्लाको विकासमा गरेको योगदानको नगरले उच्च मुल्याँकन गरेका भन्दै नगरपालीका घिमिरेको नाममा संग्रालय स्थापना गर्न लागेको जानकारी पनि दिनु भयो ।