काठमाडौं, २८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन पेश गरेकाे छ ।
अख्तियारका तर्फबाट प्रमुख आयुक्त नवीकुमार घिमिरेले साेमबार राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
नेपालको संविधानको धारा २९४ बमोजिम आयोगले आफ्नो प्रतिवेदन पेश गरेको हो ।
