मन्थलीमा मगर महिलाको माघि रौनक


हरेकपल January 15, 2020


रामेछाप १ माघ । माघि पर्वको अवसर पारेर नेपाल मगर महिला संघले विविध कार्यक्रमको आयोजना गरेको छ । माघिलाई रमणिय बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यको आरम्भमा पंचे बाजा र मगर झाँकि सहित निश्किएको र्यालीले आरम्भमा मन्थली बजार परिक्रमा गरेको थियो । र्यालीमा स्थानिय जन प्रतिनिधि,पार्टि प्रतिनिधि,संचारकर्मि र नागरिक अगुवा र विद्यार्थिहरुको समेत सहभागिता रहेको थियो ।


र्याली पछि आयोजक नेपाल मगर महिलासंघले मन्थलीको जिल्ला समन्वय समितिको हाता भित्र बृहत साँस्कृतिक कार्यक्रम तथा प्रवचन कार्यक्रमको आयोजना गरेको थियो । प्रवचनमा वोल्ने सवै जसो बक्ताहरुले वर्षमा एक पटक आउने माघि पर्वलाई प्रदेश र स्थानिय सरकारले महत्व दिन नसकेको आरोप लगाए । उनिहरुले कतिपय प्रदेश र स्थानिय सरकारहरुले माघि पर्वको अवसर पारेर बुधवार सार्वजनिक विदा समेत दिएको स्मरण गर्दे बक्ताहरुले माघि पर्व साझा पर्व भएकाले यसलाई साझा पर्वको रुपमा गहण गर्नु पर्ने धारणा राखेका थिए ।


जिल्ला समन्वय समितिका प्रमुख पे्रम खड्काको प्रमुख आतिथ्यता र मगर महिला संघकि अध्यक्ष तारा मगर भण्डारी को अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्थली नगरपालीका वडा नं १ का अध्यक्ष नारायण दास श्रेष्ठ,नेपाली काँग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठ रामेछाप नगर कार्यपालीका सदस्य समिता विक नेपाल पत्रकार महासंघ ३ नं प्रदेशका सदस्य बद्री नयाँघरे, वरिष्ठ पत्रकार हिमाल ढुंगेल, नेपाल बार एसोसियसनका पुर्व अध्यक्ष पाण्डव प्रसाई,। मगर अगुवा पुर्ण वहादुर मगरनेपाल जनजाति महासंघका अध्यक्ष श्री बहादुर माझि ,महिला अगुवा शान्ता सापकोटा लगाएतका बक्ताहरुले मागि पर्व र त्यसको महत्वका वारेमा आ आफनो धारणा राखेका थिए । त्यसैगरि रामेछाप नगरपालीका वडा नं ५ मा पनि माघिको अवसर पारेर विविध कार्यक्रमको आयोजना गरेको जानकारी प्राप्त भएको छ । सो अवसरमा रामेछाप नगरपालीका र खाँडादेवी गाउँपालीकाले सार्वजनिक विदा पनि दिएका थिए ।