ए डिभिजन लिग : सातौं चरण, कहाँ र कहिले ?


हरेकपल January 16, 2020

काठमाडौं, २ माघ । शहीद स्मारक ए डिभिजन लिग शुक्रबार देखि सातौं चरणको खेल हुने छ । मंगलबार छैटौं चरणका खेल सकिएपछि बुधबार र विहीबार रेस्ट डिइएको सातौं चरणका खेलहरु शुक्रबारदेखि शुरुहुने छ ।

सातौं र आठौं चरणका सबै खेलहरु दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ एन्फाले प्रकाशित गरेको खेल तालिकामा उल्लेख छ । पहिलो दिन लिगको शीर्ष स्थानमा रहेका मछिन्द्र र पुछारबाट दोस्रो स्थानमा रहेको हिमालयन शेर्पा भिड्ने छन् ।

यो खेल दिउँसो ३ बजे हुने छ । भोलिपल्ट शनिबार मध्यान्ह १२ बजे जावलाखेल र नेपाल पुलिस तथा दिउँसो तीन बजे मनाङ मस्र्याङ्दी र थ्रीस्टार भिड्ने छन् ।

यस्तै, एनआरटी र एपीएफ आइतबार मध्यान्ह १२ बजे भिड्दा फ्रेण्ड्स र सरस्वती दिउँसो ३ बजे आमने सामने हुने छन् । सोमबार विग्रेड ब्वाईज र संकटा मध्यान्ह १२ बजे भिड्दा च्यासल र त्रिभुवन आर्मी दिउँसो ३ बजे आमने सामने हुने छन् ।