रिलायवल साकोसद्वारा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न


हरेकपल January 16, 2020

रिलायवल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सघं (नेफ्स्कून), जिल्ला सहकारी संघ लि. काठमाडौंका नवनिर्वाचित पदाधिकारीहरूलाई कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना प्रदान गरेको थियो ।

कार्यक्रममा उपस्थित राष्ट्रिय सहकारी महासंघ नेपालका नवनिवार्चित अध्यक्ष मिनराज कडेल, वरिष्ठ उपाध्यक्ष ओमदेवि मल्ल, त्यस्तै सञ्चालकहरु के.बी.उप्रेती, डि.वी. वस्नेत, टिका बुढाथोकी, राजेन्द्र पौड्याल, सागर ढकाल, नेफ्स्कूनका अध्यक्ष परितोश पौड्याल जिल्ला सहकारी संघ काठमाडौका अध्यक्ष ज्ञान बहादुर तामाङ लगायतका पदाधिकारीहरूलाई बधाई तथा शुभकामना प्रदान गरेको थियो ।


बधाई तथा शुभकामना कार्यक्रममा रिलायवल साकोसका सचिव विजय सुन्दर खड्काले माला तथा अविर लगाएर सम्पुर्ण पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिनुका साथै रिलायवल साकोसको सङ्क्षिप्त परिचय दिनुभएको थियो । त्यस्तै कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल, नेफ्सकूनका अध्यक्ष परितोष पौड्याल, जिल्ला सहकारी संघ काठमाडौका अध्यक्ष ज्ञान बहादुर तामाङले आ-आफ्नो प्रतिबद्धता मन्यव्य राख्नु भएको थियो ।

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा रिलायवल साकोसका अध्यक्ष ओमदेवी मल्लले प्रतिबद्धता मन्यव्य राख्नुका साथै यस संस्थाले कार्यक्रमको आयोजना गरेको मा बधाई ज्ञापन गर्नुभयो । कार्यक्रमको सञ्चालन रिलायवल साकोसका सञ्चालक तथा सूचना चौतारी सञ्चार सहकारी संस्था लि का अध्यक्ष विपिन शर्माले गर्नुभएको थियो ।