आज अष्टमीव्रत, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ माघ ३ गते


हरेकपल January 17, 2020


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल माघ महिनाको ३ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत जनवरी महिनाको १७ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत माघकृष्णपक्षको सप्तमी तिथि दिवा ११।९ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा, चन्द्रमा कन्या र बृहस्पति धनु राशिमा छन् । चित्रा नक्षत्र राति ४।४८ बजेसम्म रहनेछन् । यसैगरी आज सुकर्म योग, बालव करण रहेका छन् । आज काठमाडौँमा सूर्योदय ६।५८ मा छ भने सूर्यास्त बेलुका ५।३० बजे हुनेछ ।


आज अष्टमी व्रत परेको छ । रात्रिकालीन समयमा जुन दिन अष्टमी तिथि पर्छ सोहीदिन अष्टमीव्रत धारण गरिन्छ । अतः आज गोरखकाली भगवतीको उपासनाका साथै राता वस्तुको प्रयोग शुभ रहनेछ । यसैगरी दुर्गासप्तशतीको पाठ पनि आज मंगलकारी रहनेछ ।