खलङ्गा । जुम्लामा आज बिहानदेखि फेरि हिमपात भएको छ। जुम्लामा लगातारको हिमपातले जनजीवन प्रभावित हुँदै गएको छ। बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ।
चिसोले सरकारी कामकाज तथा यातायात समेत प्रभावित भएको छ। हवाई यातायात भने अनियमित मौसमका कारण बन्द रहेको छ।
लगातार पानी र हिउँमा बच्न तथा न्यानो गर्न स्थानीय प्रशासनले पटक पटक सूचना समेत जारी गर्दै आएको छ।
चिसोले अस्पतालमा बिरामी समेत बढ्ने गरेका छन्। अस्पतालमा रुघाखोकीका बिरामी बढेका कर्णाली स्वास्थ्य विज्ञान प्रनितष्ठान शिक्षण अस्पतालका डा अर्जुन तिवारीले जानकारी दिए।
जुम्लाको तापक्रम भने घट्दै गएको यहाँस्थित जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ। आजको न्यूनतम तापक्रम ०.७ डिग्री रहेको छ।
मौसम सफापछि भने तापक्रम बढ्ने अनुमान गरिएको छ। गत पुस १ गते जुम्लाको तापक्रम माइनस ७।२ डिग्री सेल्सेस भएको थियो।