धादिङ, २ माघ । धादिङको बेनिघाटमा रहेको झोलुंगे पुलबाट दुई सन्तानसहित एक दम्पती त्रिशूली नदीमा हामफालेका छन् ।
प्रहरीका अनुसार उनीहरुमध्ये श्रीमान्को शव भेटिएको छ भने श्रीमती र दुई सन्तान अझै बेपत्ता छन् ।
उनीहरु बिहीबार साँझको समयमा हामफालेको धादिङका प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेर प्रहरीले खोजीकार्य सुरु गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा सो परिवार काठमाडौंको थानकोट बस्दै आएको देखिएको जनाइएको छ ।