त्रिशुलीमा हेलिए एकै परिवारका चारजना, बेपत्ता दुई सन्तानको खोजी जारी


हरेकपल January 17, 2020

धादिङ, ३ माघ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ स्थित बादरेमोड छेउबाट २ महिने शिशुसहित एकै परिवारका ४ जनाले त्रीशुली नदीमा हाम्फालेका छन् ।

घटनापछि श्रीमती जमुनाको मत्यु भएको छ भने दुवै छोराहरु अहिलेसम्म बेपत्ता छन् । श्रीमान बिनयलाई भने स्थानीयले जिवितै उद्दार गरेका थिए । उनको स्वाथ्य स्थिति सामान्य भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

बेपत्ता २ वर्ष र ६ महिनाको बालकहरुको शुक्रबार बिहानैबाट प्रहरी र स्थानीहरुद्धारा खोजी भइरहेको छ। त्रीशुली नदी धमिलो भएकाले र पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

काठमाडौं चद्रागिरी घर भएका बिनय लामिछाने र जमुना रेग्मी लामिछानेले २ र २२ महिनाका छोराहरु साथैमा लिएर बिहिबार साँझ ७ बजेतिर त्रीशुली नदिमा हेलिएका थिए । घटनाको थप अनुसन्धान भैरहेको गजुरी प्रहरीले जानकारी दिएको छ ।