आज शनिवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ माघ ४ गते


हरेकपल January 18, 2020


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल माघ महिनाको ४ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत जनवरी महिनाको १८ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठानब्बे लाख पचासीहजार १२०) वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत माघकृष्णपक्षको अष्टमी तथि बिहान ८।५६ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा, चन्द्रमा तुला र बृहस्पति धनु राशिमा छन् । स्वाती नक्षत्र राति ३।२५ बजेसम्म रहनेछन् । यसैगरी आज धृति योग, तैतिल करण रहेका छन् । आज काठमाडौँमा सूर्योदय ६।५८ मा छ भने सूर्यास्त बेलुका ५।३१ बजे हुनेछ ।


आज शनिवार शिवजीको उपासनाका साथै पिपलमा जल अर्पण शुभ फलदायी रहनेछ । यसैगरी आज शनिमृत्युञ्जयको पाठका साथै ॐ शं शनिश्चराय नमः भन्ने मन्त्र जप शुभफलदायी रहनेछ ।