योद्धाको नियति र विषकन्याको मन्द मुस्कान


हरेकपल January 17, 2020

मलाई एउटा इमानसँग सम्झौता गर्न मन लागेको छ
जसले कहिल्यै पनि बेइमानी नगरोस् आफैँसँग पहिले
योद्धाको देशमा काँतरहरूको प्रवेश निषेध गरौँ
लुकेर मार हान्ने काँतर हुन्
कसैलाई, कुनै काँतरलाई कृत्रिमताका साथ योद्धा बनाएर
युद्धमा पठाउँदाको परिणाम तपाईँ आफैँ भोग्नुस्
दुर्भाग्य, त्यो परिणामको उपभोक्ता तपाईँमात्र हुनुभएन
हामी सबै भयौँ विनाकारण, योद्धा भएकाले काँतरको निशानामा प¥यौँ

तपाईँ त भाग्यमानी पानी माथिको ओभानो हुनसक्नु हुन्छ
हिजो काँतरलाई, बेइमानीलाई एके ४७ काँधमा भिराउनु भयो
र इमान्दारलाई गोली हान्न निशाना सिकाउनु भयो
बन्दुक र गोलीको आँखा हुँदैनन्
जतातिर फर्कायो, जता निशाना लगाया, उतै अविच्छिन्न ताकेर जान्छ
कहिले दाहिनेतिर जान्छ, कहिले देब्रेतिर जान्छ
अगाडि र पछाडि पनि जान्छ
राडार हो, सबै चित्र अङ्कित छ उसको स्मृतिमा
तोकेको स्मृतिमा चिन्ह खोपेको हुन्छ
आदेश अनुसार त गर्छ, गर्छ
पहिले त्यही गर्छ, जुन पहिले स्मृतिमा आदेश हुन्छ
ग¥यो पक्कै ग¥यो त्यही काम, जुन उसको स्मृतिमा थियो
तर त्यो पनि गर्न सक्थ्यो, जुन पहिले नै उसलाई भनिएको थियो
जुन उसलाई लक्ष्यमा पुग्ने आधार थियो
उसलाई काँतरबाट योद्धा हुनुथियो भयो
अब पुरानो घाउको खाटा उक्कायो र घाउमा मलम लगाएन
पुराना खाटा ओल्टाई कोल्टाई दुखायो
दुख्यो घाउ न हो
अनि मुसोबाट बाघ बनाउने जादुगरलाई हे¥यो
र शिकार बनाउने पहिलो लक्ष्य काँतरको भावनामा पलायो ,
पलायो तर काँतरको योद्धा हुने सपना पूरा हुनै लाग्यो
पञ्चतन्त्रमा ऋषिले मुसोलाई बाघ बनाउँथे अनि बाघलाई मुसो
मुसो तर बाघ हुन्थ्यो पञ्चतन्त्रमा पनि
आज पनि तर बाघ जब बाघ हुन्छ नि,
काँतर पनि योद्धा जब बनाइन्छ नि
परिणाम एक्लो ऋषिले मात्र भोग्दैनन्
परिवारले भोग्छ, गाउँले भोग्छ राज्यले भोग्छ
अनि समय त्यही काँतरको विरुदावलीको सबाईमा मग्न हुन बाध्य हुन्छ

आवेग र ईष्र्यामा भलो कुभलो नहेर्नेहरूको हातमा नाङ्गो चमचमाउँदो तरबार छ
गोलीले टनाटन एके ४७ राइफल छ, सजीव ३६ ग्रिनेड छ
छ तातोतातो आणविक हतियारको साँचो
समय भिड्केको छ र समय त्यसैले भड्केको छ आफैँसँग बदला लिन
संसारमा अरूलाई बदला लिने कुरा जोगाउन सकिन्छ
आफैँलाई बदला लिन चाहनेहरूको कुने ओखती छैन
त्यो सम्भावना छ र अवश्यंभावी पनि छ
आत्महत्या त्यही हो आफैँले आफैँलाई लिने बदला
कसैले छेक्न सक्दैन
भनिन्छ, अन्याय र बदला देखिन्छ
झन् आफैँलाई दिने दुःख टड्कारो देखिन्छ
काँतरहरूको राज्यमा योद्धा काँतर हुन्छ
योद्धाहरूको राज्यमा काँतरलाई सुरक्षा दिएर
योद्धा बनाउने अभ्यास गरिन्छ

पहाडले बोलाउँछ योद्धालाई र त हिमालले चिन्छ
समथरले चिन्छ र त पहाडले माया गर्छ
वनभित्रका चराहरूले काँतरलाई माया गर्दैनन्
योद्धालाई परबाट चियाउँछन् र नियत हेर्छन्
काँतरलाई परपीडकले प्रयोग गर्छन् आफ्ना प्रतिशोधका लागि
एउटा समयसँगै काँतरले योद्धालाई जहिले पनि धोखा नै दिन्छ
काँतरको विशेषता नै हो धोखामा रमाउँछ
योद्धा मान्छे चिन्दैन र धोखा बारम्बार खान्छ
काँतरको प्वाँखभित्र ईष्र्या हुन्छ र प्रकम्पन दिन्छ
चरासँग तर काँतरलाई नदाँजौँ चराको बेइज्जत हुन्छ
र पनि कोखमा दाँत हुन्छ भनौँ काँतरसँग
आफैँसँग तर्सनेहरूलाई पक्कै अरूलाई तर्साउन मज्जा लाग्छ
तर्साउनु जो उसको दैनिकी हुन्छ नियमित कामजस्तै हुन्छ
काँतरहरूलाई प्रयोग गरेर प्रतिशोध लिने योद्धा पनि काँतर नै हुन्
काँतरले दिने परिणाम पनि यस्तै हुन्छ, जुन तपाईँ र मैले भोगेका छौँ
घरमा, स्कुलमा, कलेजमा, गाउँमा र विश्वविद्यालयमा
राज्यमा एउटा हावा चल्छ बेमौसमी
हामी त्यही हावाको पछिपछि लाग्छौँ र भन्दछौँ यो हावा अक्सिजन नै हो
एकदिन प्रमाणित हुन्छ त्यो हावा ज्यानमारा कार्बन मिश्रित हावा हो
अनि हामी प्रताडित भइसकेका हुन्छौँ विषको मारबाट
बिस्तारै लाग्ने मन्द विषबाट, विषकन्याको मन्द मुस्कानसँगै
मृत्युवरण गरेको योद्धाझैँ एकान्तमा
विषकन्या मुस्कुराउँदै लुगा लगाउँदै गन्तव्यतिर गएझैँ
हाम्रो नियति, विषकन्याको मन्द मुस्कान र योद्धाको अकाल मृत्यु बन्द कोठामा
आजका हाम्रो नियति, नाङ्गो यथार्थसँगको साक्षात्कार आजको नियति ।

(रचनाकालः २०७३.७.५ २१— अक्टुबर २०१६ दिउँसो १२ बजे)