महरालाई अमेरिकाले डोऱ्याएर रोशनीजीकहाँ लगेको थियो । उहाँ चढेको गाड़ीको टायर अमेरिकाबाट आएको थियो ।
पेट्रोल पनि भारतबाट आएकाले उसको भूमिका पनि शङ्कास्पद छ । अझ महरा कुनै दिन सभामुख बन्लान् र एमसिसी पास गर्न रोक्लान् भनेर बीस वर्षअघि नै एक्स्ट्रा म्यारिटल अफेयर राख्न उक्साएको थियो ।
त्यो शराबको ब्राण्ड त अमेरिकाकै लगानीको हो । त्यस दिन खाएको काजूकिसमिस अमेरिकाको क्यालिफोर्नियामा उत्पादन भएको थियो ।
रोशनीजीको अनुहारमा देखिने स्पष्ट चोटपटक बास्तविक होइन । त्यस्तै मास्क बड़ो सावधानीपूर्वक अमेरिकाले इराकको बेसमा निर्माण गरेर नेपाल भित्ऱ्याएको थियो ।
बाटामा सीसीटीवी जडान गर्नेदेखि ड्राइभरलाई त्यो बाटो हुँदै महरालाई रोशनीजीको घर लैजान अमेरिकी गुप्तचरले भूमिका खेलेका थिए । चश्माको स्याम्पल पहिल्यै लिइसकिएको थियो । ठ्याक्क उस्तै चश्माको शिसा त्यहाँ भेटियो ।
अब महरा जेल गएपछि अमेरिकी सेना नेपाल आउँछ र पहिले चितवनमा बस्छ । त्यसको केही दिनपछि गोर्खा जान्छ । अब देश डुब्यो ।
नारायण गाउँलेकाे फेसबुकबाट