सच्चा आफन्त को हुन् ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल January 19, 2020

आतुरे व्यसने प्राप्ते दुर्भिक्षे शत्रुसङ्कटे ।
राजद्वारे श्मशाने च यस्तिष्ठति स बान्धवः ।।
–चाणक्य

दुःख पर्दा, अनिकाल भएका वेला, शत्रु संकट पर्दा, राजासँग निसाफगर्न जाँदा र मसानघाटमा जो साथ रहन्छ वास्तवमा नै त्यो बन्धु हो । सच्चा आफन्त हो ।

चाणक्यले बन्धुत्वको परिभाषा पनि साथ र सहयोगका आधारमा निर्धारण गरेका छन् । रगतको नाताले मात्र बन्धुत्वको परिभाषा गर्न सकिदैन भन्ने उनको मत रहेको छ । विसम परिस्थितिमा पनि साथ दिनसक्ने व्यक्ति नै सच्चा आफन्त र बन्धु हुन् ।


बन्धुत्वको धर्म निर्वाहका निम्ति सर्वप्रथमतः दुःखमा साथ दिनु्पर्दछ भनिएको छ । सुखमा साथ दिने हजा हुनसक्छन् तर दुःदखमा जसले साथ दिन्छन् ती नै वास्तबमा बन्धु र आफलन्त हुन् । यसैगरी अनिकालमा जसले सरसहयोग गर्दछन् त्यस्ता व्यक्तिलाई पनि बन्धुको संज्ञा दिइएको छ ।


यसैगरी शत्रुबाट आक्रमण भएर युद्ध गर्नुपर्ने स्थितिको सृजना हुँदा जसले साथ दिएर शत्रुसँग लड्न तत्पर रहन्छन् त्यस्ता व्यक्ति पनि सच्चा आफन्त हुन् । शत्रुसंकटमा भाग्ने र अनेकौँ वाहना बनई पछि हट्ने व्यक्ति कदापि आफन्छ हुन सक्दैनन् ।


यसैगरी विवादको निरसाफ गर्न जानुपर्ने वेलामा पनि लाखापाखा लाग्ने व्यक्ति बन्धुको कोटिमा पर्न सक्दैनन् भनिएको छ । न्याय दिनु्पर्ने ठाँउमा गई सत्यको पइक्षमा उभिनसक्ने व्यक्ति नै आफन्त हुन् ।


यसैगरी मलाम जानु पर्दा साथ दिने व्यक्ति पनि आफलन्त हुन् भनिएको छ । जसले मसानघाटसम्म पनि साथ दिन सक्नछन् ती व्यक्ति नै असल मित्र हुन् । अन्यथा अनेको वाहनामा पन्छिएर हिँड्ने व्यक्ति आफन्त हुनसक्दैनन् भन्ने आजको नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला –