ओली-दाहालबीच सहमतिः सभामुखमा अग्नि सापकोटा


हरेकपल January 19, 2020

काठमाडौं, ५ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख बनाउन सहमति भएको छ।

आज बिहान ओली र दाहालको बैठकले सापकोटाको नाममा सहमति जुटाएको हो। बालुवाटार स्रोतका अनुसार स्थायी समिति सदस्यले सापकोटाको नाममा अध्यक्षद्वय सहमति भएको हो।

स्रोतका अनुसार अध्यक्षद्वयको बैठकमा ओलीले सभामुखको उम्मेदवारका विषयमा सहमति नजुटे संसदीय दलबाट टुंग्याउने प्रस्ताव गरेका थिए। जवाफमा दाहालले संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक पनि संसदीय दलबाटै निर्वाचनमार्फत टुंग्याउनुपर्ने प्रस्ताव राखेपछि सभामुखमा सापकोटाको नाममा ओलीले सहमति जनाएको स्रोतको भनाइ छ। दुई अध्यक्षको सहमतिलाई अपराह्न ४ बजे बस्ने नेकपाको सचिवालय बैठकले अनुमोदन गर्नेछ।