सूचना प्रविधि विधेयकको विरोध गर्दै प्रधानमन्त्रीलाई देशभरबाट कांग्रेसको विरोध पत्र


हरेकपल January 19, 2020

काठमाडौं, ५ माघ । सूचना प्रविधि विधेयकको विरोध गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई देशभरबाट विरोध पत्र पठाएको छ ।

संसदमा विचाराधीन सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोध गर्दै कांग्रेसले देशभरबाट विरोध पत्र पठाएको हो ।

हरेक जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत कांग्रेस जिल्ला कार्यसमितिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र पठाएका हुन् ।

अन्य जिल्लाजस्तै काठमाडौं जिल्ला कार्यसमितिले पनि जुलससहित जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ ।