आज षड्तिला एकादशीव्रत, महिमासहित हेर्नुहोस् आजको दिन २०७६ माघ ६ गते


हरेकपल January 20, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल माघ महिनाको ६ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत जनवरी महिनाको २० तारिख, सोमवार हो । सृष्टिदेखि लसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठानब्बे लाख पचासीहजार १२०) वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत माघकृष्णपक्षको एकादशी तिथि राति ३।४२ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा, चन्द्रमा वृश्चिक र बृहस्पति धनु राशिमा छन् । अनुराधा नक्षत्र राति १।२७ बजेसम्म रहनेछन् । यसैगरी आज गण्ड योग, बब करण रहेका छन् । आज काठमाडौँमा सूर्योदय ६।५७ मा छ भने सूर्यास्त बेलुका ५।३३ बजे हुनेछ ।


आज षड्तिला एकादशीव्रत परेको छ । माघ कृष्णपक्षमा पर्ने षड्तिला एकादशीका दिन तिल सहित अन्नदानको विशेष महिमा रहेको पाइन्छ । आज भगवान् विष्णुका षोडशोपचारले पूजा गरी मास तिल मिश्रित खिचडी भगवानलाई भोग लगाउनु पर्दछ । यसैगरी राति ॐ नमो भगवते वासुदेवाय भन्ने मन्त्रले तिल हवन गर्नु पर्दछ ।


तिलाई छ प्कारले प्रयोग गर्ने दिन भएकाले षड्तिला एकादशी भनिएको हो । आज तिललाई निम्न छ प्रकारले प्रयोगगनूृपर्दछ भनिएको छ –
१) तिलमिश्रित जलले स्नान ।
२) तिल पिँधेर त्यसको लेप शरीरमा लगाउने ।
३) तिलको तिलक बनाई लगाउने ।
४) तिल मिश्रित जल पान गर्ने ।
५) तिलको भोजन
६) तिलको हवन ।
यसरी छ प्रकारले तिलको प्रयोग गर्ने भएकाले यो तिथिलाई षड्तिला एकादशी भनिएको हो । यसरी गरिएको तिलको प्रयोले सम्पूर्ण पाप कर्मबाट निवृत्त हुने कुरा एकादशी माहात्म्यमा बताइएको छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्