लिभरपुललाई १६ अंकको अग्रता


हरेकपल January 20, 2020

काठमाडौं, ६ माघ । म्यान्चेष्टर युनाइटेडलाई हराउँदै लिभरपुलले प्रिमियर लिगमा १६ अंकको अग्रता लिएको छ । भर्जिल भ्यान डाइक र मोहम्मद सलाहले गोल गर्दा लिभरपुलले युनाइटेडमाथि २–० को जित निकाल्यो ।

खेलको १४औं मिनेटमा भ्यान डाइकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको अन्तिम समयमा गोलकिपर एलिसनले क्लीयर गरेको बललाई मोहम्मद सलाहले गोलमा परिणत गर्दै लिभरपुललाई जित दिलाए ।

जितसँगै लिभरपुलले उपाधि जित्ने करिब पक्का बनाएको छ । २२ चरणको खेल सकिँदा लिभरपुलले ६४ अंक बनाएको छ । दोस्रो स्थानको म्यान्चेष्टर सिटीको ४८ अंक छ ।

म्यान्चेष्टर युनाइटेड ३४ अंक सहित पाँचौं स्थानमा छ ।