अभिव्यक्ती स्वतन्त्रा र प्रदेश स्वतन्त्रताका लागी धनकुटा कांग्रेसले पठायो ज्ञापन पत्र


हरेकपल January 20, 2020

धनकुटा ५ माघ । अभिव्यक्ति स्वतन्त्रा र प्रदेश स्वतन्त्रता खतरामा पर्न लागेको भन्दै नेपाली कांग्रेस धनकुटाले जिल्ला प्रशासन कार्यालय धनकुटा मार्फत नेपाल सरकार समक्ष ज्ञापन पत्र पठाएको छ ।

जवरजस्ती ढंगले सरकारले नेपाली जनतालाई स्वतन्त्रता पूर्वक बोल्न र लेख्न नदिनका लागी संवन्धित समितबाट सूचना तथा संचार प्रविधि ऐन जवरजस्ती पारित गर्दै प्रतिनिधि सभामा लान लागेकोले त्यसको विरुद्धमा नेपाली कांग्रेस धनकुटाले आज जिल्ला प्रशासन कार्यालय धनकुटामा गई नेपाल सरकार समक्ष पठाउनका लागी प्रशासकिय अधिकृतहरु रामनारायण श्रेष्ठ,जयराम श्रेष्ठलाई ज्ञापन पत्र बुझाईएको छ ।

नेपाली कांग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्यहरु रविन्द्र नेपाली,लेखनाथ पौडेल,खेम पौडेल,क्षेत्रिय सभापति इन्दिरा थापा, सदस्य नरेन्द्रजंग वस्नेत, धनकुटा नगर सभापति रोशन श्रेष्ठ, छथरजोरपाटी गाउपालिकाका सभापति छत्र सुब्बा, नेपाल महिला संघकी नर्वतमान केन्द्रिय सदस्य टिका भण्डारी, जिल्ला उपाध्यक्ष अम्विका धमला, सहसचिव जानकुा सुन्दास, नेपाल तरुणद दल धनकुटाका उपाध्यक्ष यूवाराज पराजुली, सचिव नरेन्द्र कस्चित, क्षेत्रिय अध्यक्ष तिलक महत, नेविसंघका उपाध्यक्ष टेक वहादुर कुवर, सरोज धमला, किसान संघ धनकुटाका सदसय श्याम कुमार राई ले ज्ञापन पत्र बुझाउनु भएको हो ।

संसदबाट पनि जवरजस्ती उक्त बिधेयक पास गर्न प्रक्रिया अगाडी बढाएमा सशक्त आन्दोलन गर्दै आन्दोलनको आधिवेहरी ल्याउने नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।