सन्दीपको टिम मेलबर्न र सिड्नी भिड्दै


हरेकपल January 20, 2020

काठमाडौं, ६ माघ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा आज सोमबार सिड्नी सिक्सर्ससँग खेल्दैछ ।

लिगको १२ औं खेलमा मेलबर्नले सिड्नीसँग उसैको मैदानमा खेल्न लागेको हो । खेल नेपाली समय अनुसार अपरान्ह १:२५ मा सुरु हुनेछ ।

सिड्नीविरुद्धको खेलमा सन्दीप प्लेईङ सेटमा पर्ने सम्भावना बलियो रहेको छ । सिड्नीसँगको खेलका लागि घोषणा गरेको १३ सदस्सीय टिममा सन्दीप परेका छन् ।

यस सिजन सन्दीपले १० खेलमा १२ विकेट हात पारिसकेका छन् । सिड्नीविरुद्ध मैदान उत्रदा मेलबर्न ११ औं जितको खोजीमा हुनेछ । मेलबर्न ११ खेलमा १० जितसहित २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । सिड्नीविरुद्ध जित निकाल्दै मेलबर्न उक्त जितको लय कायम राख्न चाहन्छ ।

सिड्नी ११ खेलमा ६ जितसहित १ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ ।