सेमीफाईनलमा ताप्लेजुङ्ग


हरेकपल January 20, 2020

धनकुटा, ६ माघ, धनकुटामा संचालन भैरहेको सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको आज भएको खेलमा चौदण्डीगढी नगरपालिका उदयपुरलाई हराउदै कर्ण सिह सोनाम फुटबल क्लव ताप्लेजुङ्ग सेमिफाईनमा प्रवेश गरेको छ ।

सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा आजको भएको आज भएको खेलमा चौदण्डीगढी नगरपालिका उदयपुरलाई २ गोलको विरुद्ध तिन गोल गदै कर्ण सिह सोनाम फुटबल क्लव ताप्लेजुङ्ग सेमिफाईनमा प्रवेश गरेको धनकुटा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द राईले वताउनु भयो ।

प्रदेश स्तरीय सहिद रामकृष्ण श्रेष्ठ गोल्ड कप महिला फुटबल प्रतियिोगिताको आज भएको खेलमा ओम्यान अफ दी म्याचको प्रयाजोजन गर्नु भएका समाजसेवी तथा निशान ग्रिल उद्योग धनकुटा ७ का प्रोपाईटर शैलेस श्रेष्ठ,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष इश्वर वहादुर श्रेष्ठ,सल्लाहकार तथा पुरस्कार तथा सम्मान समितिका संयोजक विजय सन्तोषी राई ,सहिद रामकृष्ण श्रेष्ठकी बैनी उमालक्ष्मी श्रेष्ठ लगायतले खेलमा ओम्यान अफ दी म्याज घोषित भएकी कर्ण सिह सोनाम फुटबल क्लव ताप्लेजुङ्गका जर्सी नं. ९ की अनुस्का शेर्पालाई खादा लगाएर सम्मान गर्दै मेडल,प्रमाण पत्र र नगर पुरस्कार प्रदान गर्नु भएको थियो । भोलीको पहिलो सेमिफाईनल खेल मोरंग ११ र कन्काई नगरपालिका महिला टिम झापा र दोस्रो सेमिफाईनल खेल धनकुटा फुटबल संघ धनकुटा र कर्ण सिंह नोमान फुटबल क्लव ताप्लेजुंग विच हुने टिम व्यवस्थापन समितिका संयोजक सुमन श्रेष्ठले वताउनु भयो ।

धनकुटामा संचालन भैरहेको सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा पहिलो खेलमा प्रथम हुने टिमलाई सहिद रामकृष्ण श्रेष्ठ कप सहिद नगद १ लाख रुपैया र दोस्रो हुने टिमलाई सहिद रामकृष्ण श्रेष्ठ कप सहिद नगद ५० हजार रुपैया प्रदान गरिने पुरस्कार तथा सम्मान समितिका संयोजक विजय सन्तोषी राईले वताउनु भयो ।
विराटनगरमा तत्कालिन राजा विरेन्द्र र उनका परिवार २०३० साल चैत्र ३ गते सवारी हुदा प्रजातानित्रक आन्दोलन गर्ने क्रममा बम प्रहार गर्दा साहदत प्राप्त गर्नु भएका धनकुटाका प्रजातान्त्रिक योद्धा रामकृष्ण श्रेष्ठलाई २०७४ साल माघ ३ गते तत्कालिन शेर वहादुर उदेवाको नेतृत्वमा रहेको सरकारले राष्टिय सहिद घोषणा गरेको दिन पारेर सहिद राम कृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठानले सहिद रामकृष्ण श्रेष्ठ १ प्रदेश स्तरीय गोल्ड कप महिला फुटबल प्रतियोगिताको आयोजना गरेको सचिव कृष्ण भागवत श्रेष्ठले वताउनु भयो ।