प्रोग्रेशिभ फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न


हरेकपल January 20, 2020

ललितपुर । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले पुस २८ गते सोमबार तेइसौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । ललितपुर स्थित ज्यापू प्रज्ञाभवनको सभाकक्षमा प्रोग्रेशिभ फाइनान्सको साभारण सम्पन्न भएको थियो ।

साधारण सभामा संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७५र७६मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पार्नुभएको थियो । साधारण सभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफदिनु हुँदै अध्यक्ष किशोर कुमार महर्जनले प्राप्त सल्लाहतथा सुझावहरुको सराहना गर्नुभयो । आगामी दिनहरुमा यस्ता सुझावहरुको कार्यान्वयनकालागि प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले वित्तीय संस्था आफ्नो अस्तित्व समाप्तपार्ने गरी मर्जर तथा अक्विजिशनमा नजाने जानकारी दिँदै संस्थालाई अझ सवल बनाई निकट भविश्यमा अझ आधुनिकिकरण गर्दै स्तरोन्नतिका निम्ति आफू सधै प्रयासरत रहने धारणा व्यक्त गर्नु भएको थियो ।

\
सो साधारण सभाले आर्थिक वर्ष २०७५-७६ को वित्तीय अवस्थाको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणका साथै सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरेको छ ।
हाल यस फाइनान्सले ६ वटा शाखा तथा ४ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवाप्रवाह गरिरहेकोमा चालू आर्थिक वर्षको अन्त्य सम्ममा ४ वटा शाखा कार्यालयहरु थप गरी कम्तीमा १० शाखा तथा ४ एक्सटेन्सन काउन्टरको संजाल मार्फत सेवाविस्तार गर्ने योजना बनाएको छ ।