प्रदेशसभाका विपक्षी नेता शर्माको निधन


हरेकपल January 20, 2020

बुटवल,६ माघ । क्यान्सर रोगबाट पिडित प्रदेश  ५ प्रदेशसभाका प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । ८२ वर्षीय पोखरेलको सोमबार रुपन्देहीको तिलोत्तमा-१४ खैरियास्थित आफ्नै निवासमा निधन भएको हो । काठमाडौँस्थित नर्भिक हस्टिलमा चेकजाँच गर्दा उनको फोक्सोमा क्यान्सर देखिएको थियो । उहाँले लामो समय नर्भिक अस्पताल काठमाडौं र त्यसपछि रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराउनु भएको थियो । त्यसपछि शर्मालाई हालै मात्र घर लगिएको थियो । प्रदेशसभा सदस्यमा पोखरेल कांग्रेसको समानुपातिक कोटाबाट निर्वाचित हुनुभएको थियो । पोखरेल १९९४ माघ १९ गते प्युठानको तुसारामा जन्मिनु भएको थियो । उहाँले २०१३ सालदेखि नेपाल छात्र सङ्घबाट काँग्रेसको राजनीति शुरू गर्नुभएको हो ।  स्रोतका अनुसार पोखरेलका एक पत्नी, चार छोरा र दुई छोरी रहेको बताइएको छ ।