सभामुखको निर्वाचन १२ माघमा हुने


हरेकपल January 20, 2020

काठमाडौं, ६ माघ । प्रतिनिधिसभाको सभामुखको निर्वाचन माघ १२ गते हुने भएको छ। कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार आज बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुखको निर्वाचन माघ १२ गते गर्ने सहमति भएको हो।

आजै ४ बजे प्रतिनिधिसभाको दोस्रो बैठक बस्दैछ। सो बैठकले सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका महन्थ ठाकुरले ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिएपछि ठाकुरकै अध्यक्षतामा सभामुख चयन प्रक्रिया अघि बढ्ने छ।