आज मंगलवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ माघ ७ गते


हरेकपल January 21, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल माघ महिनाको ७ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत जनवरी महिनाको २१ तारिख, मंगलवार हो । सृष्टिदेखि लसम्म १,९५,५८,८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत माघकृष्णपक्षको द्वादशी तिथि राति २।४१ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा, चन्द्रमा वृश्चिक र बृहस्पति धनु राशिमा छन् । ज्येष्ठा नक्षत्र राति १।१ बजेसम्म रहनेछन् । यसैगरी आज वृद्धि योग, कौलव करण रहेका छन् । आज काठमाडौँमा सूर्योदय ६।५७ मा छ भने सूर्यास्त बेलुका ५।३४ बजे हुनेछ ।


आज मंगलवार गणेशजी एवं हनुमानजीको उपासना शुभ फलदायी रहनेछ । यसैगरी आज गणेशस्त्रोत्र पाठका साथै ॐ गं गणपतये नमः भन्ने मन्त्रको जप पनि लाभदायी रहनेछ ।