पश्चिमी भेगमा वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो छ ?


हरेकपल January 21, 2020

काठमाडौं, ७ माघ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ ।

हाल देशको पश्चिमी भूभागमा सामान्य बदली रहेको तथा अन्य भूभागमा आंशिक बदली रहेको महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आगामी २४ घण्टामा उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात हुने एवं देशका अधिकांश भूभागमा सामान्य बदली रहने छ ।

आगामी तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले मंगलबार ९आज० दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही पश्चिमी भेगका एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस्तै मध्य र पश्चिमी उच्च हिमाली भेगमा हिमपातको सम्भावना छ ।

मंगलबार राति अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही उच्च हिमाली भेगमा हिमपातको सम्भावना छ । बुधबार दिउँसो र राति मौसम सामान्यतया सफा रही तराईका भूभागमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।

बिहीबार दिउँसो मौसम सामान्यतया सफा रहने र तराईका भूभागमा हुस्सुरकुहिरो लाग्ने छ । त्यस्तै बिहीबार राति पूर्वी भूभागमा आंसिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।