सभामुख निर्वाचन १२ माघमा,आज उम्मेदवारी दर्ता


हरेकपल January 21, 2020

काठमाडौँ,७ माघ । सभामुखको निर्वाचन माघ १२ गते हुने भएको छ। उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि संसदका ज्येष्ठ सदस्य महन्थ ठाकुरले बैठकको अध्यक्षता गर्दै निर्वाचनको मिति घोषणा गरेका हुन्।

सोमबार अपरान्ह ४ बजे बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले रिक्त सभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो। कार्यतालिका अनुसार मंगलबार बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। मंगलबार साढे २ बजे उम्मेदवारीको दर्ता क्रम अनुसार सूची प्रकाशन गर्ने र माघ १२ गते निर्वाचनगर्ने कार्यतालिकामा उल्लेख छ।