दामन रिसोर्टमा अचेत अवस्थामा भेटिएका ८ भारतीय पर्यटकको मृत्यु


हरेकपल January 21, 2020

काठमाडौं, ७ माघ । मकवानपुरको दामनस्थित पानारोमा रिसोर्टमा अचेत अवस्थामा भेटिएका ८ भारतीय पर्यटकको मृत्यु भएको छ। ४ पुरुष र ४ महिला बेहोस अवस्थामा भेटिएपछि उनीहरुलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो।उनिहरुलाई काठमाडौँको हेम्स अस्पतालमा लगिएको थियो । अस्पतलका अनुसार आकस्मिक कक्षमा उपचारका क्रममा सबै पर्यटकको मृत्यु भएको छ । ।