श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल माघ महिनाको ८ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत जनवरी महिनाको २२ तारिख, बुधवार हो । सृष्टिदेखि लसम्म १,९५,५८,८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत माघकृष्णपक्षको त्रयोदशी तिथि राति २।६ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा, चन्द्रमा धनु र बृहस्पति धनु राशिमा छन् । मूल नक्षत्र राति १।१ बजेसम्म रहनेछन् । यसैगरी आज व्याघात योग र गर करण रहेका छन् । आज काठमाडौँमा सूर्योदय ६।५७ मा छ भने सूर्यास्त बेलुका ५।३४ बजे हुनेछ ।
आज प्रदोषव्रत परेको छ । प्रदोषव्रतमा शिवजीको मात्र उपासना हुने गर्दछ । आजको रात्रिकालीन समय विशेष दोषयुक्त रहने भएकाले आज सन्ध्यकालीन समय विद्ध रहने गर्दछ ।