आज मंगलवार, पञ्चाङ्गसहित हेर्नुहोस् २०७६ फाल्गुन २७ गते


हरेकपल March 10, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल फाल्गुन महिनाको २७ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मार्च महिनाको १० तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत चैत्र कृष्णपक्षको प्रतिपदा तिथि राति ९।३२ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । उत्तराफालगुनी नक्षत्र राति १२।२२ बजेसम्म रहनेछन् । यसैगरी आज शूल योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ६।२१ मा छ भने सूर्यास्त बेलुका ६।०९ बजे हुनेछ । चन्द्रमा आज कन्या राशिमा छन् ।


आजबाट चैत्रकृष्णपक्षको आरम्भ भएको छ । यसैगरी आज तराईमा होलीपर्व पनि मनाइन्छ ।